सञ्चारमन्त्री गुरुङद्वारा क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन

लमजुङ | पुस ४, २०८१

सञ्चारमन्त्री गुरुङद्वारा क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन

लमजुङ:     सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । 


उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले आज उद्घाटन गर्नुभएको हो ।
 
    
गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । 


भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्